
एजेन्सी– आतंकवादी संगठन अलकायदाले भारत झारखण्डका हिन्दू सामुदाय र आदिवासीलाई आफ्नो स्थान छाडेर जान धम्की दिएको छ ।
अलकायदाका नाममा झारखण्डको राजधानी राँचीअन्तर्गत रातु क्षेत्रमा शनिबार छरिएको पर्चामा आदिवासी समुदायलाई १५ दिन र हिन्दूूहरुलाएई एक महिनाभित्र आफ्नो ठाउँ छाडेर जाने उर्दी जारी गरिएको छ ।
हस्त लिखित पर्चामा आफूहरुको चेतावनी अवज्ञा गरे पुरुषहरुको हत्या गर्ने र महिलाहरुलाई मुस्लिम बनाउने पर्चामा उल्लेख छ । पर्चामा गाउँ नछाड्नेलाई लखेटी लखेटी गोली हानेर र हतियारले काटेर मार्ने धम्की छ ।
पर्चा छर्ने समूहले अलकायदा र पाकिस्तान जिन्दावादको नारा लगाएको प्रत्यशदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीले पर्चाहरु नियन्त्रणमा लिएको छ ।
अलकायदाले केही दिनअघि भारतमा आफ्नो दक्षिण एसियाली कार्यालय स्थापना गरेको घोषणा गरेको थियो ।