अमेरिकीद्वारा सोमालियामा हवाई आक्रमण

काठमाण्डु टुडे २०७१ भदौ १७ गते १४:३६ मा प्रकाशित

सोमालिया, १७ भदौ– अमेरिकाले सोमालियामा हवाई आक्रमण गरेको छ ।
amrcica akramanपछिल्लो समय सोमालियामा अल कायदाका सदस्यको प्रभाव बढेको भन्दै अमेरिकी सेनाले मंगलबार मङ्गलबार हवाई हमला गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत आक्रमणको पुष्टि गरेको छ । सोमिलियाका सरकारी अधिकारीहरुले उक्त समाचारको पुष्टि गरेका छन् । आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिबारे केही बताइएको छैन ।
पश्चिमा मुलुकहरुले सोमालियामा रहेको सेबाब नामको लडाकू संगठनको अल कायदासँग सम्बन्ध रहेको आरोप लगाउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us