
नयाँदिल्ली, १७ भदौ– भारतमा मृत्यु भएको भनिएका एक व्यक्ति जीवित पाइएपछि सनसनी मच्चिएको छ ।
उत्तर प्रदेमा भएको बस दुर्घटनामा मृत्यु भएको भनेर दुई दिनसम्म मूर्दाघरमा राखिएका व्यक्ति जीवितै भेटिएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि अस्पताल पुर्याएका ती व्यक्ति जीवित रहेको खबरले सामाजिक सञ्जालहरुमा हंगामा मच्चिएको छ । केहीले त्यसलाई भगवानको चकत्कार भनेका छन् ।
कतिपयले भने चिकित्सकको लापरबाहीका कारण त्यस्तो भएको बताएका छन् । दुई दिनसम्म मुर्दाघरमा रहेका ती व्यक्तिले सास फेरिरहेको प्रहरीले पत्ता लगाएको थियो । अहिले व्यक्तिको आईसीयुमा राखेर उपचार भइरहेकोछ ।
यसैबीच जिउँदो व्यक्तिलाई मृत घोषणा गर्ने अस्पतालले माफी मागेको छ । घटनामा लापरबाही गर्ने चकित्सकमाथि छानबिन गरी कारबाही गरिने आश्वासन अस्पताल प्रशासनले दिएको छ ।