भारतमा दुई नेपालीमाथि गोली प्रहार

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १३:२७ मा प्रकाशित

रौतहट, १५ भदौ– भारतको सितामढीमा दुई नेपालीमाथि गोली प्रहार भएको छ  ।
रौतहट जिगडवा बेलवबछवा–२ का ३५ वर्षीय से सराजुल र भुषहाका ३० वर्षीय खहेरुल मन्सुरीमाथि आइतबार साँझ गोली प्रहार भएको हो ।

उनीहरुविरुद्ध सीतामढी जिल्लाको ससौला ग्राम पञ्चायतनजिकै अज्ञात समूहले  गोली प्रहार गरेको रौतहट प्रहरीले जनाएको छ । उनीहरु भैंसी किन्न त्यहाँ गएका थिए ।
गोली लागेर घाइते भएका उनीहरुको सीतामढीस्थित एक  अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us