प्रहरीलाई घूस खुवाउन खोज्नेविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– प्रहरीलाई घूस खुवाएर चोरी मुद्धामा थुनिएका दाजु छुटाउन खोज्ने एक व्यक्ति आफैं जेल चलान भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको नियन्त्रणमा रहेका भीमसेन प्रधानलाई छुटाउन पैसा लिएर गएका उनका भाई जवर प्रधान आइबतार पक्राउ गरेका हुन् ।

सुनसरी इटहरी–८ का स्थायी बासिन्दा श्रेष्ठ घूस खुवाएर दाजु छुटाउन साढे तीन लाख रुपैयाँ र एभरेष्ट बैंकको खाली चोक बोकेर गएका थिए । उनको साथबाट प्रहरीले सबै पैसा र चेक बरामद गरेको छ ।
जवरीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

३ लाख ५० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) र ३ (१) र (घ) बमोजिम हैदसम्मको सजाय माग गरी मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us