कंगोबाट नेपालमा इबोला भित्रिएको आशंका

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १२:४४ मा प्रकाशित

वीरगन्ज, १५ भदौ- अफ्रिकी मुलुक कगोंबाट नेपाल आएका एक व्यक्तिमा इबोला भाइरस रहेको आशंका गरिएको छ ।
ebolaनेपाल–भारत सीमास्थित पर्साको वीरगन्जमा स्थापना गरिएको हेल्थ डेस्कले इबोला भाइरस भएको आशंकामा कंगोबाट आएका एक नेपालीलाई निगरानीमा राखेको हो । ती व्यक्ति कंगोमा शान्ति सेनामा ६ महिने सेवा अवधि सकेर फर्केका हुन् ।

हेल्थ डेस्कका स्वास्थ्य सहायक सेराज खानले एक सातअघि नेपाल आएका ती व्यक्तिको स्वास्थ्य परीक्षणका क्रममा इबोला संक्रमित रोगीसँग मिल्दोजुल्दो लक्षण देखिएको बताए ।

उनका अनुसार ती व्यक्तिमा इबोला भाइरस लागेका बिरामीमा जस्तै आँखा रातो हुने, टाउको र पेट दुख्ने, खान मन नलाग्ने, पखाला लाग्नेजस्ता लक्षण देखिएको बताए । बाराको सिमरा घर भएका ती व्यक्तिको नाम गेप्य राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us