दुई नेतासहित २० जुवाडे पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ११:०३ मा प्रकाशित

juwadeविराटनगर, १५ भदौ– प्रहरीले मोरङबाट दुई नेतासहित २० जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार राति मोरङको पथरी‍-शनिश्चरे नगरपालिकाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका केन्द्रीय सदस्य अर्जुन तुम्रुक र कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ सुनसरीका पूर्वसभापति विकास केसी पनि छन् ।
पक्राउ परेका अन्य जुवाडेमा झापा दमक-१ का दुर्गा राई, दमक-१३ का दिलिप पाण्डे, तोपगाछी-८ का युवराज रेग्मी, मोरङ उर्लाबारी-५ का राम कार्की, उर्लाबारी-४ का रितिक केसी , मधुमल्ला-२ का गौरीमान राई, राजघाट-९ का विक्रम लिम्बू, सुनसरी धरान–१३ का सुरेन्द्रकुमार थापा र धरान-१६ का अमल राई छन् ।
kl/of] kmGbfdf ,  ?    vfnaf6} kqmfp u/]sf s'Voft h'jf8]x? lhNnf k|x/L sfof{no df]/ª ;fj{ahlgs ul/Ps]f gub , sf}8f / df]jfOnx? .  k|x/Ln] ky/L zlgZr/] gu/kflnsf % l:yt hutaxfb'/ /fOsf] 3/af6 @) hgf hjf8]x?nfO{ gub & nfv ^* xhf/ &(( ?k}of @# yfg df]jfOn Ps yfg tf; !^ yfg sf}8f / Ps ;jf/L ;fwg ;lxt ebf} !$ df kqmfp u/]sf] xf] . kmf]6f] , /f;; . u0f]z nD;fn .जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले जुवा खालबाट सात लाख ६८ हजार ७ सय ९९ रुपैयाँ ,मोबाइल फोन २३ थान, खाल एक थान र तीनबुक तासका साथै जुवाडेले प्रयोग गरेको को १ च ७३२४ नम्बरको स्कोरपियो गाडीसमेत बरामद गरेको छ ।
जगतबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा हरी नायव उपरीक्षक प्रभु ढकाल नेतृत्वको टोलीले एक महिलासहित २० जुवाडेलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको पोखरेलले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us