राजासहितको गोलमेचसभाको माग

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– देशभक्त लोकतान्त्रिक मोर्चाले मुलुकको निकासका लागि राजनीतिक स्थायित्व र राष्ट्रिय सहमतीका लागि राजासहितको morchaगोलमेच सभा गर्नुपर्ने मााग गरेको छ ।
राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर मोर्चाले राजनीतिक गठबन्धनले मुलुकलाई थप संकटमा धकेलेको आरोप लगाउँदै राजनीतिक सहमतिका लागि राजासहितको गोलमेचसभाको आयोजना गर्नुपर्ने मााग गरेको हो ।
मोर्चाका संयोजक मनमोहनशमशेर राणाले शान्ति, मुक्ति, आर्थिक समृद्धि र सामाजिक न्यायप्रतिको राष्ट्रिय चेतना र राष्ट्रिय हितको मार्गचित्र कोर्नका लागि आन्दोलनकारी, संसदवादी र देशभक्त लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिने बेला आएको दाबी गरे ।

मोर्चाले माग पूरा गराउन सडकमा प्रर्दशन र कोणसभा आयोजना गर्ने जानकारी पनि दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us