
इस्लामावाद, १५ भदौ– पाकिस्तानमा सरकारविरोधी आन्दोलनका क्रममा आइतबार झडप भएको छ ।
झडपमा कम्तीमा दुईजनाको ज्यान गएको छ । अरु ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शनिबार रातिदेखि नै इस्लामावादमा अनसन बसेका प्रदर्शनकारीविरुद्ध प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । प्रदर्शनकारीले आइतबार बिहान संसद् भवनदेखि प्रधानमन्त्री कार्यालयसम्म र्यााली निकालेका थिए ।
सरकारले भने सडक छेउका रेलिङ भाँच्ने तथा सुरक्षाकर्मीमाथि समेत आक्रमण गर्न थालेपछि प्रदर्शनकारीमाथि हस्तक्षेप गरिएको दाबी गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास र रबरका गोली प्रहार गरेको थियो । र्यापलीमा कम्तीमा २५ हजार प्रदर्शनकारीको सहागिता थियो ।
प्रहरीले प्रदर्शनकारीको भिडमा केही आतङ्ककारी पनि रहेको र उनीहरुको घुसपैठका कारण परिस्थिति नियन्त्रणबाहिर पुगेको दाबी प्रहरीले गरेको छ । पाकिस्तानमा प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै