काठमाण्डु, १५ भदौ– एमाले केन्द्रीय सदस्य एवम् सभासद् शेरबहादुर तामाङले बलात्कारीको लिङ्ग काट्ने कानून बनाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले त्यस्तो व्यवस्थाले बलात्कारजस्तो अपराध रोकिने मात्र नभई सधैंका लागि अन्त्य हुने उल्लेख गरेका छन् ।
तामाङले फेसबुकमा लेखेका छन्, ’छि: बलात्कार ! अति भो ! अब बलात्कारीलाई अरु कानूनी कारबाही होइन, लिङ्ग काटेर छोडिदिने कानून बनाउनुपर्ला जस्तो छ । यस्तो गर्यौं भने बलात्कारजस्तो अपराध घट्ने मात्र होइन कि अन्त्य नै हुन्छ ।’