काठमाण्डु, १३ भदाै – अख्तियारले विशेष सूचनाका अाधारमा त्रिभुवन विश्वविद्यालयका तीन निकायबाट लेखाका शंकास्पद कागजात नियन्त्रणमा लिएको छ ।
अनियमितता भएको सूचनाका आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले परीक्षा नियन्त्रण कार्यालय, केन्द्रिय व्यवस्थापन संकाय र दोस्रो उच्च शिक्षा परियोजनाका कागजात नियन्त्रणमा लिएको हो ।
ठूलो अनियमितता भएको सूचना पाएपछि कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको आयोगले स्राेतले जनाएको छ ।
गतसाता मात्रै आयोगले त्रिविका १३ वटा विभागबाट शंकास्पद कागजात नियन्त्रणमा लिएको थियो ।