काठमाण्डुमा अब प्लाष्टिकको झोला बोक्न नपाइने

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, १३ भदौ – सरकारले आगामी वर्षबाट काठमाण्डु उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्ने भएको छ ।

black handle bags-500x500२०७२ को आरम्भसागै काठमाण्डु उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्नका लागि नीतिगत निर्णय भइसकेको शुक्रबार आयोजित पत्रकार सम्मलेनमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता रामआधार साहकाले बताएका छन् ।

प्रवक्ता साहले व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिले २०७२ सालबाट सुरु हुने गरी काठमाडौं उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा र कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनात्मक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएअनुसार प्रक्रियाहरु अघि बढाइएको जानकारी दिए ।

प्लाष्टिक झोला उत्पादन गर्ने कारखानाहरुलाई कपडा झोला उत्पादन गर्ने कारखाना परिणत गराउनेबारे अध्ययन गर्न सम्बद्ध मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले जुट, कागज, कपडाका झोला उत्पादक र उपभोतलाई प्रोत्साहित गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।
समितिको गत भदौ ९ गतेको बैठकले न्यूनतम ३० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन गर्न, आयात गर्न, निर्यात गर्न, बिक्रीवितरण गर्न र प्रयोग गर्न रोक लगाउने तथा खाद्य सामग्रीमा दुधिलो प्लाष्टिक प्रयोगमा रोक लगाइ प्राकृतिक रङ्गको मात्र प्लाष्टिक प्रयोग गर्नका लागि प्लाष्टिक झोलालाई (नियमन तथा निर्देशन) निर्देशिका २०६८ लाई संशोधन गर्नसमेत भनेको छ ।

यसैगरी, “मन्त्रालयले विज्ञान, प्रविधि र आबिष्कार : दिगो विकासका आधार” नाराका साथ विज्ञान दिवस २०७१ मनाउने भएको छ ।

दिवसको अवसरमा नेपालमा विज्ञान तथा प्रविधि विकासको झल्को दिने ४० वटा स्टल राखिनुका साथै गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा निजि विद्यालयका एक एक जना छात्र, विषयगत शिक्षक र यस क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यतिmहरुलाई विज्ञान प्रविधि पुरस्कार दिइनेछ ।

कार्यक्रमअन्तर्गत नै नेपाली र अंग्रेजीमा प्रकाशित नेपालमा जलवायु परिवर्तनको अवस्था, नेपालको मध्यपहाडी जंगल, मनास्लु संरक्षण क्षेत्रका अनुसन्धानात्मक गतिविधिबारे पुस्तकहरुको विमोचन गरिनेछ । सोही अवसरमा जैविक प्रविधि, अन्तरिक्ष प्रविधि र न्यूक्लीयर प्रविधिका बारेमा सेमीनारको आयोजना गरिनेछ ।

उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनमा काम गर्ने एनसीसीएसपी परियोजनाको आयोजनामा पश्चिमी नेपालका १४ ओटा जिल्लामा सरोकारबालाहरुको सहभागितामा राष्ट्रिय विज्ञान दिवस मनाइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us