१८ सभासद मनाेनित (नामसहित)

काठमाण्डु टुडे २०७१ भदौ १३ गते १०:०४ मा प्रकाशित

काठमाण्डु, १३ भदाै –     मन्त्रिपरिषद्को बैठकले  कांग्रेस, एमाले राप्रपा नेपालको भागमा परेको १८ सभासद मनोनित गरेको छ ।

सरकारले २६ सभासदमध्ये १८ जना मनोनित गरेको हो ।  एकीकृत  माओवादीले भने नाम बुझाएको छैन ।

सभासदमा मनोनित हुनेमा  एमालेका तर्फबाट उदय नेपाली, अग्नि खरेल, गंगा डाागी, मिरा धुजु, पेम्बा भोटे,नरेश खरेल, डा. राजन भट्टराई , वर्तमान निधा छन् ।

कांग्रेसका तर्फबाट पूर्व सभासद राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, रुक्मिणी कोइराला, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा छन् ।

राप्रपा नेपालको कोटाबाट एन्फा अध्यक्ष गणेश थापा सभासद भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us