अाेली निवासमा बसेकाे शिर्ष दलकाे बैठक निष्कर्षविहिन

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ८:५४ मा प्रकाशित

काठमाण्डु, १३ भदाै –  एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएकाे छ ।

अध्यक्ष ओली आजै साँझ उपचारका लागि दिल्ली जान लागेकाले त्यसअघि नै उच्चस्तरीय राजनीतिक समिति गठनमा सहमति जुटाउन शीर्ष बैठक डाकिएको थियो । विहीबार साँझ प्रचण्ड र ओलीवीच भएको भेटवार्तापछि  बैठक तय भएको हो ।

बैठकमा संयन्त्र गठनबारे छलफल भए पनि कुनै सहमित हुन सकेन । संयन्त्रको संयोजकमा एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड हुनुपर्ने उसको दाबीमा कांग्रेस एमाले सहमति नजिक पुगेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us