बागलुङ , १३ भदौ– बागलुङमा तीज मानेर माइतबाट घर फर्कने क्रममा एक महिलाको हत्या भएको छ ।
सिगाना–७ की ३६ वर्षीया रुपा गौतम बागलुङ नगरपालिका–५ बोक्सेखाल्डामा मृत फेला गरेका हुन् । बिहुँ–१ सुल्डाँडामा होटल व्यवसाय गर्दै आएकी उनको पर्वतको पाङस्थित माइतबाट घर फर्कने क्रममा बिहीबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।
उनको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । बीच सडकमै रगताम्य अवस्थामा बाटोमा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।