काठमाण्डु, १३- भदौ उच्च माध्यमिक शिक्षा परिषद्ले आज कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक नहुने भएकाे छ ।
आज नतिजा सार्वजनिक गर्ने भनिएपनि मिसिङ केश धेरै भएकोले शनिबार गर्न लागेको परिषद्का सहसचिव नारायण कोइरालाले बताए ।
गत वैशाखमा भएको परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उमावि परिषदले नतिजा सार्वजनिक गर्न लागेको हो । यस वर्ष करिब तीन लाख विद्यार्थीले कक्षा १२ का परीक्षा दिएका छन् ।
नतिजा प्रकाशनमा ढिलाई भएपछि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षामा सहभागी हुन पाउने – नपाउने बारे विद्यार्थी अन्यौलमा छन् ।
ईन्जिनियरिङको प्रवेश परीक्षा सकिसक्यो भने मेडिकलतर्फ आइतबार परीक्षा तय भएको छ ।