काठमाण्डु, १२ भदौ नेपाल प्रहरीका ६४ जना प्रहरी उपरीक्षक एसपीहरुको एकैसाथ सरुवा भएको छ ।
गृहमन्त्री बामदेव गौतमको निर्देशनमा प्रहरी महानिरीक्षक उपेन्द्रकात्न अर्यालले एसपीहरुको बिहीबार सरुवा गरेका हुन् । विकास श्रेष्ठलाई प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखाबाट भक्तपुर परिसर सरुवा गरिएको छ ।
भक्तपुर परिसर प्रमुख रहेका जगतमान श्रेष्ठलाई दंगा नियन्त्रण प्रहरी गण बाँके पठाइएको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डुका प्रमुख निरजबहादुर शाहीलाई जिप्रका नवलपरासी, नवलपरासीका विष्णुहरि गौतमलाई प्रधान कार्यलयको सुरक्षा महाशाखा, खिनुप्रसाद आयार्चलाई सुरक्षा महाशाखाबाट जिप्रका दाग, शरदकुमार खत्री दाँगबाट दंगा नियन्त्रण प्रहरी गण रुपन्देही, सानुबाबु थपलिया पूर्वक्षेत्र प्रहरी गण विराटनगरबाट जिप्रका रौतहट सरुवा भएका छन् ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्