काठमाण्डु, १२ भदौ भारतीय राजदूत रञ्जित रेले नेपालको विकासमा भारतले गर्दै आएको सहयोगको विरोध नगर्न आग्रह गरेका छन् ।
भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल सरकारसँगको सम्झौतामा मात्र विकास आयोजनामा लगानी गरेकाले अनावश्यक विरोध नगर्न भनेका हुन् ।
उनले भारतको लगानीमा विद्यालय, क्याम्पस बन्नु राम्रो रहेको भन्दै त्यसको उदघाटन हुँदैमा विरोध गर्न जरुरी नभएको बताए । भारतीय दूतावासको सहयोगमा निर्मित माडी बहुमुखी क्याम्पस उदघाटनका लागि उनी चितवन पुगेका हुन् । उनले पर्यटकीय हिसाबले चितवन उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे ।