खुश्बुका बाबुले पत्रकारको खुट्टा भाँच्छु भनेपछि…….

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ८:५० मा प्रकाशित

काठमाण्डु, १४ भदौ- पत्रकार ऋषि धमलाले प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु ओलीका बाबु श्यामकुमार ओलीले एक shyam k oliपत्रकारको खुट्टा भाँच्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।
धमलाले रिपोर्टर्स क्लबका तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै गुण्डागर्दी शैलीमा पत्रकार धम्क्याएको भन्दै आपत्ति जनाएका हुन् ।

समाचारमा चित्त नबुझे खण्डन गर्ने वा कानुनी उपचारमा जाने व्यवस्था हुुँदाहुँदै गुण्डागर्दी शैलीमा पत्रकार धम्क्याएर खुश्बुका बाबुले प्रेस स्वतन्त्रताविरोधी हर्कत गरेको ऋषिले बताएका छन् । उनले पत्रकार धम्क्याउने ओलीमाथि कानुनी कारबाहीको मागसमेत गरेका छन् ।
‘प्रहरी मुठभेडमा मरिएका भनिएका दिनेश अधिकारी चरिकी प्रेमिका खुस्बु ओलीको अधिकारीबाहेक पनि धेरै प्रेमिका भएको भनी दैनिक नेपालका सम्पादक गणेश पाण्डे र दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई ओलीका पिता श्याम ओलीले टेलिफोन गरेर आफ्नो छोरीको विषयमा समाचार लेखे हात खुट्टा भाँचिदिने धम्की दिएका छन्’ धमलाले विज्ञप्तिमा भनेका छन्,  ‘प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गराउने, खण्डन गर्न नमाने कानूनी उपचार गर्ने ब्यवस्था हुँदा हुँदै गुण्डा शैलीमा पत्रकारहरुलाई धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कदम हो ।

रिपोर्टर्स क्लब पत्रकारमाथि धम्कीको यो घटनाको घोर भत्र्सना गर्दछ र पत्रकारलाई धम्की दिने श्याम ओलीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us