काभ्रे, १२ भदौ काभ्रेमा चट्याङ लागेर बिहीबार एकजनाको ज्यान गएको छ ।
महाभारतपारिको गोकुले गाविस ३ मा चट्याङ पर्दा स्थानीय २६ वर्षीया मख्खी विकाको ज्यान गएको हो । उक्त क्षेत्र चट्याङका लागि उच्च जोखिमयुक्त मानिन्छ ।
गत जेठ अन्तिम साता सोही ठाउँमा चट्याङ पर्दा एकै परिवारका चारजनाको ज्यान गएको थियो ।