काठमाण्डु, १२ भदौ प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा छिट्टै उज्यालो आउने दाबी गरेका छन् ।
बाढीपहिरो पीडिलाई राहत बुझाउन बालुवाटार पुगेका संघसंस्थाका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन् । कोइरालाले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताए ।
कोइरालाले समयै संविधान आउने पनि दोहोर्याए । म ठीक छु । संविधान समयमै आउँछ । मुलुकले उज्यालो पाउँछ । कोइरालाले भने । कोइरालाले बाढीपहिरो प्रभावितलाई सबैतिरबाट सहयोग प्राप्त भएको भन्दै दुःखका बेला मद्धत गर्ने नेपाली विशेषताको प्रशंसा गरे ।