पुलचोकमा घाँटी रेटेर हत्या गरिएका युवकको एक सातापछि सनाखत

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ५:४० मा प्रकाशित

ललितपरु, १२ भदौ ललितपुरको पुलचोकमा घाँटी रेटेर हत्या गरिएका एक युवकको घटनाको एक सातापछि सनाखत भएको छ ।
मृतक ललितपुर इखालंखुका सानु भनिने प्रज्ज्वल केसी हरेको खुलेको हो । २२ वर्षीय उनी गत भदौ ६ गते पुलचोकमा कमैबारीभित्र मृत फेला परेका थिए । मृतकको सनाखत नभएका कारण अनुसन्धान कार्य प्रभावित भएको थियो ।

प्रहरीले शव मृतकका आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरले घटनाबारे छानबिन थालिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us