पीटीए र पीडीएविरुद्ध १० वाम एक ठाम

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ११ भदौ – भारतसँग गर्ने भनिएको विद्युत व्यापार सम्झौता ९पीटीए० र माथिल्लो कर्णालीको विद्युत विकास सम्झौता ९पीडीए० विरुद्ध १० वामले आन्दोलन गर्ने भएका छन् ।

maoist-flagबुद्धनगरस्थित नेकपा एकीकृतको कार्यालयमा बुधबार बसेको संयुक्त बैठकले आन्दोलनको घोषणा गरेका हुन् । नेकपा–माओवादीका सचिव देव गुरुङका अनुसार भदौ १३ गते यसबारे गोष्ठीको आयोजना गरिने भएको छ । त्यस्तै भदौ १७ गते ४ बजे शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने निर्णय भएको गुरुङले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ४५ दिनभित्र पीटीए र पीडीए गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार सरकारले भारतसँग सम्झौता गर्ने तयारी गरिरहेका बेला १० बामले विरोध गर्ने निर्णयमा पुगेका छन् ।

विरोधमा उत्रने दलमा सरकारमा सहभागी सीपी मैनालीको नेकपा मालेसमेत छ । त्यस्तै वैद्य नेतृत्वको नेकपा–माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नेकपा मसाल लगायतका साना वामपन्थी दलहरु १० दलीय मोर्चामा छन् ।

नेमकिपा, एमाओवादी र एमालेबाहेकका वाम दलहरु पीटीए र पीडीएको विरोधमा एकमुख भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us