काठमाण्डु, ११ भदौ – नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता स्व. निर्मल लामाका छोरा निमा फिन्जो लामालाई मनोनित २६ सभासदमा मनोनित गर्न माग गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाली कम्युनिष्ट आन्दोलनका व्यक्तित्व स्व. कमरेड निर्मल लामा तथा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व स्व. पारिजातको सम्झनामा पत्रकार सम्मलेन गर्दै स्व. निर्मला लामाकी धर्मपत्नी सुकन्या वाईबाले मन्त्रीपरिषदबाट मनोनित हुने २६ सभासदमा स्वर्गीय लामाका सुपुत्र निमा फिन्जो लामालाई मनोनित गर्न आग्रह गरेकी छिन् ।
वाईबाले आफूले यसका लागि एकीकृत माओवादीका शीर्ष नेताहरुलाई भेटी अनुरोध गरेको जानकारी दिँदै सवै शीर्ष नेताहरु सकारात्मक समेत रहेको बताईन् । उनले भनिन्–यो कुरा सुन्न पाउँदा नेपाली क्रान्तिमा लाग्नुभएको सवैजना खुसी पनि हुनुभएको छ । क. लामा र पारिजातको आफ्नो क्षेत्रबाट योगदान गर्नुभएको छ, उहाँहरु दुवैको कदर हुने गरि एमाओवादी नेताहरुले निमालाई मनोनित गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।
वाईबाले २६ सभासद मनोनित गर्दा पैसाको चलखेल नगर्न पनि आग्रह गरेकी छिन् ।
त्यस्तै कार्यक्रममा नेकपा एकीकृतका बरिष्ठ नेता सिताराम तामाङ्ले स्वर्गीय नेता लामाको योगदानको चर्चा गरेका छन् । उनले स्वर्गीय नेता लामालाई नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल पछिको रुपमा हेरिनुपर्ने पनि धारणा राखेका छन् ।
त्यस्तै कवि अतृप्त पाण्डेले स्व. साहित्कार पारिजातको कृतिका बारेमा समिक्षा गरेका छन् । उनले पारिजातको कविता समेत वाचन गरेका थिए ।