सर्वोच्चले सोध्यो, ‘बाँकी चार डिआईजीलाई किन एआईजी बनाइएन ?’

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– सर्वोच्च अदालतले नेपाल प्रहरीका चार डिआइजीहरुलाई एआर्इजीमा बढुवा नगरेकामा सरकारसँग जवाफ माग गरेको छ ।

बढुवामा नपरेका चार डिआइजीहरुले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले उनीहरुलाई बढुवा नगर्नुको कारण खुलाएर लिखित स्पष्टीकरण दिन भनेको हो ।

प्रधान्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले सरकारलाई सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।

डिआर्इजीहरु यादव अधिकारी, सुशीलवरसिंह थापा, परशुराम खत्री र विश्वराजसिंह खत्रीले आफूहरु बढुवाका लागि योग्य हुँदाहुँदै पक्षपातपूर्ण तवरले अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रहरी नियमावली संशोधन गर्दै सरकारले सरकारले बढुवा समितिले सिफारिस गरेको १३ मध्येबाट दलीय भागबण्डाका आधारमा ९ जनालाई एआर्इजीमा बढुवा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us