काठमाण्डु, ८ भदौ– काठमाण्डुको रत्नपार्कमा कवाडी मजदुरको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर चित्लाङका रविन महर्जन उर्फ थ्रस्टार हुन् । उनलाई आइतबार महाबौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
उनले बुधबार राति रत्नपार्कमा रहेको बगैंचासँगेको पोखरीमा ६ औंले भनिने एक पुरुषको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । अन्दाजी २२ वर्षका उनलाई बिहीबार बिहान पहरीले मृत फेला पारेको थियो ।
मृतकको सखानत हुन सकेको छैन । यसैबीच महर्जनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । बयानका क्रममा उनले आर्थिक लेनदेनमा विवाद भएपछि आफूसहित ४ जना मिलेर ६ औंलेको हत्या गरेको स्वीकारेका हुन् ।