अन्तरजातीय विवाह गरेर भागेको जोडीको पुनस्र्थापना

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १२:०४ मा प्रकाशित

विराटनगर, ८ भदौ– अन्तरजातीय विवाह गरेका कारण गाउँबाट विस्थापित भएको एक जोडीलाई समाजमा पुनस्र्थापना गरिएको छ ।

केटी पक्षको दबाबमा एक साताअघि गाउँ छाडेर भागेका विराटनगर(५ का सुमन मगराती र उर्मिला खतिवडाको जोडीलाई आइतबार पुनस्र्थापना गरिएको हो । उनीहरुलाई अधिकारकर्मी, सञ्चारकर्मीको र नागरिक अगुवाको सहयोगमा पुनस्र्थापना गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दुवैलाई केटाको घरमा भित्र्याइएको जनाएको छ । सो जोडीले गत जेठ ५ गते सुनसरी जिल्ला अदालतमा नाता प्रमाणित गराएर मन्दिरमा विवाद गरेको थियो ।

तर दलितसँग विवाह गरेको भन्दै केटी पक्षकाले उनीहरुको जोडीलाई छुटाइदिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us