काठमाण्डु, ८ भदौ– संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउने काममा पूर्वराजा ज्ञानेन्द्र
शाहले लगानी गरेको आरोप लगाएका छन् ।
शेर्पाले उनले मानव झण्डाको कीर्तिमान कायम गरिएकामा भत्र्सना व्यक्त गरेका छन् । उनले मानव झण्डा बनाउने कार्यमा संलग्नलाई अतिहिन्दूवादी भनेका छन् ।
ज्ञानेन्द्र र अतिहिन्दूवादी देशीविदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर मानव झण्डा बनाइएको आरोप उनको छ । सामाजिक सञ्जाल फेसबुकमा शेर्पाले चन्द्र(सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने जिकिर गरेका छन् । नेपाली झण्डालाई उनले भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डाको संज्ञा दिएका छन् ।
एकात्मक हिन्दू धर्मको प्रतीक अंकित भएको भन्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक देशको झण्डा नेपालको झण्डै हुन नसक्ेज जिरह पेश गरेका छन् ।
‘ज्ञानेन्द्र र अतिहिन्दूवादीले देशीविदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर भदौ ७ गते टुँडिखेलमा भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनेर प्रदर्शन गरेकोप्रति आदिवासी जनजाति, मधेसी, मुस्लिम घोर आपत्ति प्रकट गर्दछौं’, शेर्पाले भनेका छन् ।