
खोटाङ, ५ भदौ– खोटाङ दिक्तेलका राजन खत्रीले चारदिनदेखि रक्तश्रावले थलिएकी श्रीमती यमुनालाई हेलिकप्टर प्रयोग गरी पत्नी बचाएका छन् ।
सुत्केरी हुनुअघिको रक्तश्रावले गलेकी उनकी पत्नीको डेढ हप्तादेखि राजधानीको टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
उनको पत्नीको अवस्थामा क्रमिक सुधार भएको अस्पतालको आर्इसीयू विभागले जनाएको छ । साउन २७ मा टिचिङ पुर्याएलगत्तै रक्तश्रावले पेटभित्र मरेको बच्चा निकालिएको थियो नागरिक दैनिकबाट
काठमाण्डु, ६ भदौ– पेट बोटलमा खानेपानी वितरण गरिरहेका व्यवसायीको एक समूहले प्रतिस्पर्धी बजारलाई हस्तक्षेप गरी मूल्यवृद्धि गरेको छ ।
नेपाल बोटल वाटर उद्योग संघले आफ्ना सदस्य उद्योगलाई एउटै ब्राण्डमा पानी उत्पादन गर्न बाध्य बनाएर मूल्यवृद्धि गरेको हो ।
संघमा आवद्ध नभएका अन्य उद्योगीलाई समेत धाकधम्की दिएको उपभोक्ता अधिकारकर्मीले उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएको छ ।