काठमाण्डु, १ भदौ – कलाकारहरुले मनोनित २६ सभासदमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कलाकारहरुले कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि आफूहरुको पनि संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा बरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले राष्ट्रिय जीवनमा कलाकारहरुले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा कला, भाषा, संस्कृति र सिर्जनाको जर्गेना गर्न पनि संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
खरेलले भने–हुन त हामी नै त्यो ठाउामा पुग्नुपर्छ भन्ने हाईन, तर कला, संस्कृतिको ज्ञाता संविधान सभामा पुग्दा सवैको अधिकार सुनिश्चित हुन्छ । नीति निर्माणमा यस क्षेत्रको मर्म र भावना समावेश हुन सक्छ । अन्यथा यो क्षेत्र उपेक्षित हून्छ । उनले कलाकारहरु सामाजिक परिवर्तनको एजेण्डाहरु बोकेर हिाड्ने भएकाले आफूहरुको अधिकारका लागि पनि कलाकारहरुको प्रतिनिधित्व संविधान सभामा हुनुपर्ने बताएका छन् । उनले राज्यले कला क्षेत्रलाई उपेक्षा गरेको पनि बताएका छन् । उनले भने–
बरिष्ठ रङ्गकर्मी अशेष मल्लले सरकारले मनोनित गर्ने २६ सभासदमा कलाकरहरुकै प्रतिनिधित्व हुनुपर्छ भन्ने नभएर कला र संस्कृतिको जर्गेना गर्न राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान गर्ने मान्छेहरुको संविधान सभामा उपस्थिति अनिवार्य रहेको स्पष्ट पारे । मल्लले भने–साम्प्रदायिक सोच भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताको लागि योगदान गर्ने व्यक्तिहरुको संविधान सभालाई खााचो छ । त्यसैले कलाकारहरुको प्रतिनिधित्व भए राम्रो नभए कलाकारहरुको मर्म र भावना बुझ्ने मान्छे जानुपर्छ भन्ने मेरो बुझाई हो ।
त्यस्तै नेपाल साास्कृतिक संघका सभापति तीर्थ थापाले साास्कृतिक क्षेत्रको सम्मान, सूरक्षा र पहिचानको लागि अनिवार्य रुपमा संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने जिकिर गरेका छने । थापाले कला र संस्कृतिको उत्थानको लागि नीति, निर्माणमा प्रतिनिधित्व हुादा यस क्षेत्रको मर्म सहितको विषयले प्राथमिकता पाउने विश्वास व्यक्त गर्दै कम्तीमा पनि ४ जना साास्कृतिक कर्मीहरुको सहभागीता अनिवार्य रहेको बताए ।
बरिष्ठ लोक गायिका कोमल ओलीले पनि कलाकारहरुलाई राज्यले सधै उपेक्षा गरेको आरोप लगाउादै आफ्ना एजेण्डाहरुलाई घनिभूत रुपमा संविधानमा दर्ज गराउन पनि आफूहरुको संविधान सभामा उपस्थिति अनिवार्य रहेको बताएकिछिन् । ओलीले कलाकारहरुलाई राजनीतिक दलको सिफारिशमा भन्दा पनि राष्ट्रिय सहमतीका आधारमा संविधान सभामा प्रतिनिधित्व गराउनुपर्ने धारणा राखेकी छिन् ।
चलचित्र निर्देशक समाजका महासचिव नीलहरी काफ्लेले सरकारले मनोनयन गर्ने २६ सभासदमा कला क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागी अनिवार्य रहेको बताउादै कला र संस्कृतिलाईे उपेक्षा गरे राज्य पाखन्ड हुने चेतावनी दिए ।
त्यस्तै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले पनि कलाकारहरुलाई अनिवार्य रुपमा संविधान सभामा प्रतिनिधित्व गराउनुपर्ने धाराण राखेका छन् । केसीले भने–कला र संस्कृतिको प्रर्वद्धन र संरक्षण गर्न पनि कलाकारहरुलाई राज्यले स्थान दिनुपर्छ । व्यापारीहरुलाई राजनीतिक दलले संसद बनाउछन तर कलाकारहरुलाई बनाउदैनन् । किनकी व्यापारीहरुले राजनीतिक दललाई फन्ड दिन्छन्, जुन कलाकारले सक्तैनन् ।