सिन्धुपाल्चोक, १ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकसहित देशभर बाढीपहिरोबाट प्रभावितलाई तत्काल
राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकको माङखा जुरेमा गएको पहिरो र पहिरोले सुनकोसी नदीले थुनिएर भएको क्षतिको अवलोकन गर्न आइतबार प्रभावित क्षेत्र पुगेका उनले राहत र उद्धारको कामलाई तीव्रता दिन माग गरेका हुन् ।
प्रचण्डले प्रभावित क्षेत्र केन्द्रित स्वास्थ्य, शिक्षा, पुनर्वाससहित अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम थाल्न सुझाए । प्रचण्डसँग स्थानीयले सरकारले खाने कुराको व्यवस्थापन गरे पनि बासको उचित व्यवस्था नभएको गुनासो गरेका थिए ।
जवाफमा उनले आफू काठमाडु फर्किएपछि प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राहत तथा पुनस्र्थापाको काम अघि बढाउन आग्रह गर्ने बताए । त्यस सम्बन्धमा व्यवस्थाकिपा– संसदको समेत ध्यानाकर्षण गराउने उनले जनाए ।
‘म काठमाण्डु फर्किएपछि प्रधानमन्त्रीलाई भेटेर राहत र उद्धारको काम छिटो गर्न आग्रह गर्छु’, प्रचचण्डले भने, ‘संसदमा पनि कुरा उठाउँछु ।’
वर्षासँगै माङमा जुरेमा गत साउन १७ गते मध्यरातमा गएको पहिरोमा परेर १ सय ५६ जनाको ज्यान गएको थियो ।
पहिरो र पछिरोपछि थुनिएको सुनकोसी नदीका कारण स्थानीयका ५२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । पहिरोका कारण घरबारबिहीन भएका चार सयभन्दा बढी सर्वसाधारण अस्थायी टहरमा बस्दै आएका छन् ।