सिन्धुपाल्चोक, १ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोकको जुरे
पुगेका छन् ।
प्रचण्ड कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य अग्नि सापकोटाका साथ आज बिहानै जुरे पुगेका हुन् । नेता सापकोटाका अनुसार प्रचण्डले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहत तथा उद्धारबारे सम्वद्ध सरकारी अधिकारीसँग जानकारी लिनेछन् । प्रचण्डले पहिरो पीडितहरुसँग समेत साक्षात्कार गर्ने कार्यक्रम छ ।
गत महिना जुरेमा गएको पहिरोमा पुरिएर १ सय ५६ जनाको ज्यान गएको थियो । यस्तै ५२ घरपरिवारका ४ सयभन्दा बढी विस्थापित भएका छन् । रातह तथा उद्धारमा ढिलाइ भइरहेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।