विमानस्थलमा चरा धपाउन एम्बुलेन्स

काठमाण्डु टुडे २०७१ भदौ १ गते २:२२ मा प्रकाशित

विराटनगर, १ भदौ –शनिबार दिउँसो डेढ बजे विराटनगर विमानस्थलको रनवेमा एउटा एम्बुलेन्स साइरन बजाउँदै तीव्र गतिमा दौडियो ।

पुर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विशिष्ट कक्षबाहिर बसेका काँग्रेस कार्यकर्ताले मुखामुख गरे । ठूलै आपत आइलागेको हो कि भनी उनीहरु अड्कल गर्दै थिए, तर एकैछिनमा थाहा भयो, त्यो एम्बुलेन्स बिरामी बोक्न वा घाइते लिन नभएर विमानस्थलमा चरा धमाउन दौडिरहेको रहेछ ।
विराटनगर विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको एउटा एमबुलेन्स चरा धपाउन सधैं त्यहाँ तैनाथ हुन्छ । हवाइजहाज उड्नु र अवतरण गर्नुअघि एम्बुलेन्सलाई तीव्र गतिमा दौडाएर रनवेतर्फ लगिन्छ ।

त्यसलगत्तै जहाज अवतरण र उडान गर्छन् । विमानस्थलमा बारम्बार चरा ठोक्किएर क्षति हुने र दुर्घटनाको सम्भावना बढेपछि उड्डयन प्राधिकरणले चरा धपाउनकै लागि एम्बुलेन्स ढुक्कैसँग परिचालन गरेको हो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us