काठमाण्डु, २५ साउन – चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा ५ पदाधिकारी आइतबार नियुक्ति भएका छन् ।
प्रतिष्ठानमा उपकुलपति नियुक्ति भएको दुई दिनमै अन्य ५ पदाधिकारी नियुक्ति गरिएको हो ।
प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा गणेश गुरुङ्गको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले आइतबार अन्य ५ पदाधिकारी नियुक्ति गरेका हुन् ।
प्रतिष्ठानमा रजिष्ट्रार डा किरण मानन्धर, रेक्टर रंगवहादुर बस्नेत, डिन यौवनचन्द्र शिवाकोटी, निर्देशक स्वयमप्रकाश पण्डित र कार्यकारी सदस्यमा भुपेन्द्र बस्नेत नियुक्ति भएका हुन् ।