काठमाण्डु, १९ साउन– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पनि दिनभर सक्रिय रहने छन् । दुई दिने औपचारिक भ्रमणका लागि हिजो नेपाल आएका मोदी आज साँझ ५ बजे नयाँदिल्ली फर्कने छन् ।
त्यसअघि उनले आज राष्ट्रपति रामवरण यादव, एमाले अध्यक्ष केशी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लगायतका नेता भेट्नेछन् ।
हिजो उनले प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग भेट्नुका साथै व्यवस्थापिका–संसदलाई सम्बोधन गरेका थिए ।
यस्तो छ मोदीको आज दिनभरको कार्यतालिका
बिहान ०९: १५- पशुपतिनाथको मन्दिर दर्शनका हायात होटलबाट प्रस्थान
९:३०-१०स्१५-पशुपतिमा दर्शन र पूजा
१०: १५-पशुपतिबाट होटल हायत प्रस्थान
११:००- राष्ट्रपतिसँग भेट्न शीतल निवास प्रस्थान
११:१५-११स्४५- राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट
११:५०-१३स्००-राष्ट्रपतिद्वारा शीतल निवासमा आफ्नो सम्मानमा आयोजित दिवा भोजमा सरिक
१३:००-शीतलनिवासबाट हायात होटलका लागि प्रस्थान
१३:४५-१४:१५-एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट
१४:१५-१४:४५-एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट
१४:४५-१५:३०-मधेसीदलका नेताहरुसँग सामूहिक भेट
१५:३०- १६:००-उद्योगी व्यवसायीसँग भेट
१६:३०- हायात होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका लागि प्रस्थान