नेपालको संसदमा मोदीको जादुमय भाषण (उनकै शब्दमा)

काठमाण्डु टुडे २०७१ साउन १८ गते १४:२९ मा प्रकाशित

modi२५ करोड भारतीयको माया लिएर आएको छु

 नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु । धैरैधेरै वर्षअघि एक पथिक तीर्थालुको रुपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एकपटक तपाईंले नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्थ्यो । प्रथमत: यस सुन्दर देशको साथीको रुपमा म फेरि फर्किआएको छु ।

भारतको प्रधानमन्त्रीको हैसियतमा पुन: आउन पाउँदा वास्तवमै मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो जुन, म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्नेबित्तिकै गर्न चाहन्थें । किनकी नेपालसँगको सम्बन्ध हाम्रो सरकारको उच्चतम प्राथमिकता मध्येको हो । निमन्त्रणा गर्नु भएकोमा म सरकर र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सदभावना लिएर आएको छु ।
नेपाल वीरहरुको भूमि हो
नेपाल एक सार्वभौम मुलुक हो । म यहाँ तपाईंहरुलाई अभिनन्द गर्न आएको हँु । नेपाल सांस्कृतिक विरासतले धनी देश हो । पशुपति, जनक र बुद्ध जन्मेको देश हो । भारत र नेपालको एउटा अद्भुत सम्बन्ध छ । काँशीमा नेपालका पुजारी छन् । पशुपतिमा हिन्दूस्तानका पुजारी छन् । भारतमा मर्ने गोर्खालीप्रति नमस्कार गर्दछु । मर्नदेखि नडराउने गोर्खालीलाई मेरो सलाम छ । नेपाल वीरहरुको भूमि हो । लोकतन्त्रमा विश्वास गर्ने विश्वले तपाइँहरुलाई हेरिरहेको छ । तपाइँहरु संविधान बनाउने दिशामा अगाडि बढ्दै हुनुहुन्छ । ऋषिमुनीले जसरी गीता, उपनिषद, रामायण लेखेर संहीताकरण गरेका थिए । यस्ता ऋषिमुनिी जन्मेको देशको संविधान त्यस्तै बन्नुपर्छ । संविधान बनाएर हिमालभन्दा उचो बनाउनोस् । सर्वजन हिताय : सर्वजन सुखायलाई मुलमन्त्र बनाएर संविधान निर्माण गर्नुहोस् तपाईंहरु संविधान लेख्ने क्रममा हुनुहुन्छ । संविधान कुनै किताब होइन । यसले वर्तमान र भविष्य जोड्ने काम गर्छ । आज संसारका लोकतन्त्रवादीहरुको ध्यान नेपालमा छ । मलाई विश्वास छ, कि तपाईंहरुको संविधान नेपालका लागि मात्रै होइन विश्वकै लागि उदाहरण बन्नेछ । तराई होस् या पहाड होस् त्यसलाई संविधानले जोड्ने काम गर्नुपर्छ, तोड्ने होइन  । गाउँ, सहर, पढेका, नपढेका सबै नेपालीको हितमा संविधान बनाउनुस् । नेपाल र भारतको सम्बन्ध यस्तो हो कि यो हिमालय र गंगाभन्दा पूरानो छ । यो कुनै कागजको सम्बन्ध होइन ।
माओवादीलाई अभिनन्दन
बुलेटको बाटो छाडेर ब्यालेटको राजनीतिमा आएको शक्तिलाई अभिनन्दन गर्न चाहन्छु । बधाई दिन चाहन्छु । यो घटनाबाट विश्वका सामु नेपालले संसारलाई विश्वास दिलाउन सक्छ कि सस्त्रबाट होइन, शास्त्रबाट परिवर्तन सम्भव छ । बम, बन्दुक र पेस्तोलको युद्ध छाडेर बुद्धको बाटोमा ह्ंिडुनभयो । यसले विश्वभर रहेका हिंसामा विश्वास गर्ने शक्तिलाई शान्तिमा विश्वास गर्ने सन्देश दिनुभयो ।

भारतले नेपालमा हस्तक्षेप गर्दैन
हाम्रो काम तपाईंको कामका दख्खल गर्ने होइन । भारतको काम आफ्नै लागि संकल्प गर्ने हो । तपाईंहरुलाई बाटो देखाउने हाम्रो काम होइन । आफ्नो बाटो तपाईंहरु आफैंले तय गर्ने हो । नेपाल हिमालयजत्तिकै उच्च होस । विश्वले नेपाल हेरेर गर्व गरोस् म यस्तो नेपाल देख्न चाहन्छु ।
तपाईहरुले जे काम सुरु गर्नुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र आजको दुनियाँमा सबैभन्दा राम्रो बाटो रोज्नुभयो । त्यसको म आदर र स्वागत गर्दछु । नेपाल र भारतको बाटो यो हो कि यहाँ हावा चल्ला भारतमा चिसो हुन्छ, यहाँ गर्मी हुँदा भारतमा गर्मी हुन्छ । नेपालमा केही तलमाथि भयो भने हिन्दूस्तान सहेर बस्न सक्दैन ।  नेपालको जति चिन्ता तपाईंहरुलाई छ । हामीलाई पनि छ । यो तपाईंहरुको त हुँदै हो । तर यो मेरो पनि हो । भारत तपाईंको विकासमा तपाईंको आकांक्ष र इच्छाअनुसार पूरा गर्न तयार छ ।
बिजुली सित्तैंमा होइन, किन्न चाहन्छौं
नेपाल पानीको शक्तिको धनी हो । बिजुलीका माध्यमबाट हिन्दूस्तानको अँध्यारो हटाउन सक्छ । हामी विुजली सितैंमा होइन किन्न चाहन्छौं । हामी पानी पनि लान चाहन्नौं । पानी र जवानी पहाडमा कहिल्यै काम लाग्दैन । पानी माथिबाट तल बग्छ, पहाडमा जवानी बढ्यो त रोजीरोटीका लागि कतै जानुपर्छ । तर यो पूरानो कथन हो ।

तर यसलाई हामी यो बदल्न चाहन्छौं । प्राकृतिक संसाधनको समुचित प्रयोग गरेर नेपाली युवालाई देश विकासमा प्रयोग गर्नुस । हिन्दूस्थानलाई बिजुली बेचेर धनी हुनुस् । हामी यो यात्रामा तपाईंसँगै हुनेछौं । तपाईंहरु प्रसारण लाइन बनाउनुस्, हामी नेपाललाई लोडसेडिङ मुक्त बनाइदिन्छौं ।

जडिबुटीको उपयोग गर्नुस
लक्ष्मण जब मुर्छित भए । तब हनुमान जटिबुटी लिन नेपाल आएका थिए । विश्वभर जटिबुटी हिमालयको गर्भमा छ । यसको प्रयोग गरेर जैविक औषधि बनाउनु पर्छ । विश्वकै नेपाल सबैभन्दा बढी जडिबुटी/औषधि निकासी गर्ने राष्ट्र बन्न किन सक्दैन ?

पर्यटनमा जोड
नेपाल साहसिक पर्यटनका लागि उपयुक्त स्थान हो । विश्वका करोडौं साहसी युवाहरुलाई यहाँ आकर्षित गर्न सक्नुहुन्छ । विश्वका मानिस पशुपतिनाथ आएर आफ्नो शिर झुकाउन र भगवान गौतम बुद्धका अगाडि शान्तिको प्रार्थना गर्न चाहन्छन् । पर्यटन कम लगानीमा धेरै कमाउने क्षेत्र हो । यो व्यवसायले चिया बेच्नेले, ट्याक्सी ड्राइभरले र अटो रिक्सा चलाउनेले कमाउन सक्छ । चिया बेच्नेको कुरा गर्दा मलाई आनन्द आउँछ । नेपालको पर्यटनले विश्वका नौ जवानलाई पागल बनाउने शक्ति तपाईहरुसँग छ ।
नेपाललाई हित गर्ने माेदीका तीन हिट मन्त्र
१ राजमार्ग
२ सूचना सञ्जाल
३ प्रसारण लाइन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us