चीनमा भएको झडपमा १०० मारिए

काठमाण्डु टुडे २०७१ साउन १४ गते १०:५० मा प्रकाशित

बेइजिङ, १४ साउन – चिनियाँ द्वन्द्वग्रस्त पश्चिमी सियानजिङ प्रदेशमा भएको झडपमा परी कम्तीमा पनि १०० को ज्यान गएको बताइएको छ ।

मुस्लिम अल्पसङ्ख्या जातिहरुको बसोबास रहेको सो प्रदेशमा ती नागरिक मारिएका हुन् । सो क्षेत्रमा अल्पसङ्ख्यक उइगुर जातिका नागरिक बसोबास गर्छन् ।

मङ्गलाबर बेलुका सो क्षेत्रमा ती अल्पसङ्क नागरिक र त्यहाँका अन्य नगरिकका बीचमा झडप भएको बताइएको छ । त्यसमा परी अरुपनि दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

उता चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले भने उक्त क्षेत्रमा आतङ्ककारी हमला भएको जनाएको छ । प्राप्त समाचारअनुसार सो क्षेत्रमा प्रहरीले सधैँजसो नै आतङ्ककारीको बसोवास गर्ने गरेको बताउँदै आएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले उक्त क्षेत्रमा नागरिकमाथि हमला गर्ने आतङ्ककारीमाथि प्रहरीले हमला गर्ने गरेको बताएको छ ।

मङ्गलबार राती पनि उक्त क्षेत्रमा आतङ्कमच्चाउने व्यक्तिमाथि प्रहरीले गरेको आक्रमणमा परी ती व्यक्ति मारिएको उसले बताएको छ ।

प्रहरीले भने सो क्षेत्रमा मारिएका नागरिकको सङ्ख्या यकिन रुपमा दिन मानिरहेको छैन । उक्त क्षेत्रमा मारिने नागरिकको सङ्ख्या यसअघि पनि यथार्थ रुपमा नआउने गरेको बताइन्छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us