
काठमाण्डु, ५ साउन– प्रेमिकाका विषयमा दुई विद्यार्थीबीच उत्पन्न विवादले आइतबार उग्र रूपलिँदा त्रिचन्द्र क्याम्पसमा रहेको बीपी पुस्तकालयमा आगलागी भएको छ।आगलागीबाट पुस्तकालयका पुस्तक, टेबुल, कुर्सी, सोफालगायतका भौतिक सामग्रीजलेर नष्ट भएका छन्।
बीएस्सी प्रथम वर्षमा अध्ययनरत एकछात्रालाई मन पराउने विषयमा सोही क्याम्पसमा अध्ययनरत प्रेम केसी र कमलबुढाबीच विवाद भएको थियो। एमाले भ्रातृ संगठन अनेरास्ववियुका अनुसारक्याम्पसको पुस्तकालयमा बिहान साढे ११ बजे प्रेम केसी पढिरहेको अवस्थामाकमल बुढा समूह खुकुरी हानेर भागेको थियो। खुकुरी प्रहारबाट रगताम्य भएरढलेका केसीलाई देखेपछि पुस्तकालयमा कार्यरत तीन कर्मचारी पनि बेहोस भएरढलेको क्याम्पसले जनाएको छ। केसी अनेरास्ववियु र बुढा कांग्रेस विद्यार्थीसंगठन नेपाल विद्यार्थी संघका कार्यकर्ता हुन्। त्रिचन्द्र नेविसंघकाअनुसार केसी र बुढाबीच प्रेमिकाको विषयमा केही दिनअघि पनि भनाभन भएको थियो।
त्रिचन्द्रका अन्य विद्यार्थीका अनुसारदुवैले मन पराएकी ती छात्रा पुस्तकालयमा पढ्न जाने बेलामा केसी र बुढा पनिजान्थे। ‘तर ती छात्रालाई भने यस विषयमा केही जानकारी थिएन’, नेविसंघका एकविद्यार्थी नेताले भने, ‘कसले मन पराउने भन्ने विषयको विवाद पुस्तकालयमाआगजनी र एकअर्काबीच आक्रमणसम्म पुग्यो।’ अनेरास्ववियुका प्रवक्ता आरसीलामिछानेले भने प्रेमिकाको विषयलाई लिएर झगडा भएको बारेमा आफूलाई जानकारीनभएको बताए। उनले आगलागीमा अनेरास्ववियुको संलग्नता नरहेको दाबी गरे।
आक्रमण गरेर बुढाको समूह भागेपछि आक्रोशितकेसीका समर्थकले क्याम्पसकै स्वतन्त्र विद्यार्थी युनियनले सञ्चालन गरेकोबीपी पुस्तकालयमा आगो लगाएका हुन्। त्रिचन्द्रमा लामो समयदेखि नेविसंघलेस्ववियुमा जित्दै आएको छ। पुस्तकालयमा बिपी कोइरालाले लेखेका पुस्तक रकांग्रेससँग सम्बन्धित महत्त्वपूर्ण दस्ताबेजरहेको नेविसंघ त्रिचन्द्रएकाइका अध्यक्ष विष्णु पौडेलले बताए। उक्त पुस्तकालय २०५५ सालमा तत्कालीनस्ववियु सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको समयमाखोलिएको थियो। आगालागीमा अनेरास्ववियुका कार्यकर्ताको संलग्नता रहे पनिराजनीतिक विवाद नभएको पौडेलले बताए।
क्याम्पस प्रमुख हरिप्रसाद पराजुलीले कलमबोकेर हिँड्ने विद्यार्थीले हरितयार बोकेर क्याम्पस छिर्नु र आफैंले पढ्नेपुस्तकालयमा आगो लगाउनु चिन्ताको विषय भएको बताए। उनले भने, ‘क्याम्पसमाकुन विद्यार्थीले हतियार बोकेर हिँडेका छन् भनेर दैनिक रूपमा झोला छाम्नसकिँदैन। यो विद्यार्थीको नैतिकतामा भरपर्ने कुरा हो।’ के कारणलेविद्यार्थीबीच झगडा भएको हो भन्ने विषयमा आफूलाई थाहा नभएको पराजुलीलेबताए।
नेपाल विद्यार्थी संघका प्रवक्ता यूपीलामिछानेले घटनामा नेविसंघको संलग्नता नरहेको बताए। उनले भने, ‘क्याम्पसभित्र हतियार बोकेर आफ्नै साथीलाई आक्रमण गर्ने र पुस्तकालयमा आगोलगाउने विद्यार्थीलाई कारबाही गर्न नेविसंघ सघाउँछ।’
प्रहरी बेलैमा नपुग्दा पुस्तकालय जोगाउननसकिएको ठहर क्याम्पस प्रशासनको छ। क्याम्पस प्रशासनका अनुसारविद्यार्थीमाथि खुकुरी प्रहार भएपछि तत्काल थप अप्रिय घटना हुन नदिनप्रहरीको सहयोग मागिएको थियो। तर प्रहरीले लिखित रूपमा सहयोग माग्नुपर्नेबेवास्ता गरेको थियो। क्याम्पस प्रमुख पराजुलीले भने, ‘विद्यार्थीमाथिखुकुरी प्रहार भएको जानकारी आउनेबित्तिकै थप घटना हुनसक्ने भन्दैदरबारमार्ग प्रहरीलाइ खबर गरेको थिएँ। तर प्रहरी आउन मानेन। प्रहरी समयमैआएको भए आगलागी हुँदैन थियो।’
आगलागी भइसक्दा पनि दरबारमार्गबाट प्रहरीनआएको पराजुलीले बताए। महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपीउत्तम कार्कीलाई खबर गरेपछि मात्र प्रहरी आएको पुराजुलीले बताए। कार्कीलेभने, ‘क्याम्पस प्रमुखबाट मलाई फोन आएको थियो। प्रहरीको काम जहाँ विपत्पर्छ, त्यहीं पुगेर उद्धार गर्ने हो, लिखित वा मौखिक कुनै पनि आदेशकुर्नुपर्दैन।’