केपी ओलीलाई दिए माधव नेपालले बधाई

काठमाण्डु टुडे २०७१ असार ३१ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, ३१ असार–  एमाले अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई kp-madhavबधाई तथा शुभकामना दिएका छन् ।
निर्वाचन आयोगले ओली निर्वाचित भएको घोषणा गरेसँगै मंगलबार साँझ विज्ञप्ति जारी गरी नेपालले ओलीको कार्यकाल सफल होओस् भन्ने कामना गरेका हुन् ।

उनले नेतृत्व चयनका लागि भएको निर्वाचनमा आफूसहित आफ्नो प्यालनमा मतदान गर्ने सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन् । महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु,ु नेपालले भनेका छन्, साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
नेपालले जबजको भावना अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सके पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ ।

यसका लागि सुस्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छु उनले भनेका छन्, उक्त मान्यताप्रति म दृढ छु र रहिरहने छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us