रोजामा कुरान वाचन गर्ने धर्म गुरुलाई ५६ हजार नगद

काठमाण्डु टुडे २०७१ असार ३१ गते ९:०८ मा प्रकाशित

बाँके, ३१ असार – मुस्लिम समुदायको पवित्र महिना रमदानको रोजामा कुरान वाचन गरी तराबीको नमाज पढाएको भन्दै नेपालगन्जस्थित जामा मस्जिदका धर्मगुरु कारी यार मोहम्मद कादरीलाई ५६ हजार प्रदान गरिएको छ ।

पन्ध्र दिनमा पूरै कुरआन वाचन गरेको भन्दै व्रतालुले सोमबार राति ११ बजे रुपियाँ सङ्कलन गरी धर्मगुरु कादरीलाई सो रकम हस्तान्तरण गरेको जामा मस्जिदका अध्यक्ष अब्दुल रहमान मियाँले बताए ।

यस्तै तराबीको नमाजमा सहयोग गरेको भन्दै जामा मस्जिदका सहयोगी मोहम्मद नफिसलाई नौ हजार र मस्जिदका धर्मगुरु मुफती सबिहुल हसन मिस्बाहीलाई पाँच हजार ३९८ व्रतालुले दिएका थिए ।

रोजा सकिन मात्र १४ दिन बाँकी रहेकाले मुस्लिमहरु अबको चार दिनलाई रहमत (दयामाया) को दिनका रुपमा लिने गर्दछन् भने अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) माग्ने र गल्तीहरुलाई अल्लाहले माफ गर्ने समय मानिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us