शुल्क वृद्धि फिर्ताको माग गर्दै तालाबन्दी

काठमाण्डु टुडे २०७१ असार ३१ गते ७:०३ मा प्रकाशित

दमक, ३१ असार – शुल्क वृद्धिको विरोध गर्दै आठ विद्यार्थी सङ्गठनहरुले झापाको दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

शुल्क वृद्धिको विरोध गर्दै चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी सङ्गठनहरुले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

कक्षा ११ र १२ को मासिक शुल्कमा गरिएको सतप्रतिशत वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी सङ्गठन आन्दोलित बनेका हुन् । यसअघि विद्यार्थी सङ्गठनहरुले ज्ञापनपत्र बुझाएर शुल्क वृद्धि फिर्ता लिन माग गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us