वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो

काठमाण्डु टुडे २०७१ असार ३१ गते १:०४ मा प्रकाशित

अछाम, ३१ असार– जिल्लामा वैदेशिक रोजगारीमा जान राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।
राहदानी बनाउन  दैनिक २० देखि २५ जनासम्म जिल्ला प्रशासन कार्यालयमा आउने गरेको अछामका निमिक्त प्रमुख जिल्ला अधिकारी कुष्ण गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब ४ सय जनाले राहदानी बनाएका छन् । उनीहरु अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवायुवती छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us