मिर्गौला पीडितद्वारा आत्मदाहको चेतावनी

काठमाण्डु टुडे २०७१ असार ३० गते १५:०९ मा प्रकाशित

काठमाण्डु, ३० असार– रिले अनशन बसेको ३५औा दिनसम्म पनि आफूहरूको माग सुनुवाइ नभएको भन्दै मिर्गौला पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
मिर्गौला रोगीलाई निरन्तर नि:शुल्क रक्त शुद्धीकरण सेवा दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गौला रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन महङ्गो भएकाले नि:शुल्क उपचार गरिदिनुपर्ने लगायतका सात सूत्रीय माग गर्दै मिर्गौला पीडितहरू जेठ २७ गतेदेखि शान्ति वाटिकामा रिले अनशन बस्दै आएका छन् ।

सुरुमा चार घण्टाका दरले अनशन सुरु गरेका उनीहरुले आठ घण्टा हुँदै आइतबारदेखि १२ घण्टा अनशन बस्दै आएका छन् ।

अनशनका क्रममा मिर्गौला पीडित श्याम खड्की र श्याम खत्री क्षेत्रीको मृत्यु भइसकेको छ । काठमाण्डु निवासी खड्कीको असार ३ गते मृत्यु भएको हो, भने ललितपुर निवासी खत्री क्षेत्रीको असार १६ गते मृत्यु भएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us