छ प्रतिशतको वृद्धिदर बजेटको लक्ष्य: महत

काठमाण्डु टुडे २०७१ असार ३० गते १४:५५ मा प्रकाशित

काठमाण्डु,  ३० असार– अर्थमन्त्री रामशरण महतले आर्थिक विकासको गति द्रुतरुपमा अघि बढाउँदै आगामी आर्थिक वर्षमा छ प्रतिशतको वृद्धिदर हासिल गर्ने बजेटको ramsharanलक्ष्य र उद्देश्य रहेको स्पष्ट गरेका छन् ।
आइतबार सार्वजनिक भएको बजेटका विशेषताबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वाधार निर्माणका ठोस आधारशिला खडा गर्ने, कृषिको आधुनिकीकरण गर्दै उच्च प्रतिफल दिने बाली उत्पादन र राष्ट्रिय उत्पादकत्व वृद्धिलाई बजेटले विशेष प्राथमिकता दिएको बताए ।
मुद्रास्फिति दर आठ प्रतिशतमा सीमित राख्ने, निजी क्षेत्रको लगानी प्रवद्र्धन तथा उद्योगधन्दाको विकास, पूाजी बजारको बढोत्तरी, सामाजिक न्याय एवम् सुरक्षा अभिवृद्धि, वित्तीय सन्तुलन कायम गर्दै समग्र अर्थतन्त्रमा सुधार गर्न बजेट केन्द्रित रहेको महतले उल्लेख गरे ।
उनले आगामी आठ वर्षमा मुलुकलाई विकासशील राष्ट्रको स्तरमा पुर्‍याउन दिगो आर्थिक वृद्धि हासिल गर्न उद्योग व्यवसायको प्रवद्र्धन, रोजगारीका अवसरको सृजना, ऊर्जा सङ्कटबाट देशलाई मुक्त गर्न विशाल जलविद्युत परियोजनामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन, लगानीको वातावरण निर्माण शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ जस्ता सामाजिक सेवाहरूको पहुँच र परिमाण विस्तारलाई पनि बजेटले उत्तिकै महत्व र प्राथमिकता दिएको बताए ।

‘जलविद्युत क्षेत्रमा उत्साहजनक लगानी भएपनि त्यो पर्याप्त छैन, पर्यटन उद्योगलाई पनि सोचेअनुरुप विकास गर्न नसकिएकाले यसपटकको बजेटले ती क्षेत्रको प्रवद्र्धनका लागि यथेष्ट बजेट छुटयाएको छ’, महतले भने, ‘करको दरमा छुट दिइएकाले जलविद्युत् र पर्यटन क्षेत्रको चौतर्फी विकासमा लगानी जुट्नेमा म विश्वस्त छु ।’ विद्युत् प्रसारण लाइन निर्माणका लागि अहिलेसम्मकै सर्वाधिक बजेट यसपटक विनियोजन गरिएको पनि उनले  स्पष्ट पारे ।
औद्योगिक क्रान्तिको युग समाप्त भएको उल्लेख गर्दै मन्त्री महतले अबको युग सूचना तथा सञ्चार प्रविधिको भएकाले त्यस क्षेत्रमा लगानी भित्रयाउन नीतिगत व्यवस्था भएको बताए ।
ज्ञान र प्रविधिमा आधारित उद्योगमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले त्यसमा पुँजी लगाउन निजी क्षेत्रलाई आह्वान गरे ।
आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरी कृषि, सेवा र औद्योगिक क्षेत्रको उत्पादकत्व बढाउने सरकारको लक्ष्यमा सघाउन सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै अर्थमन्त्रीले राष्ट्र निर्माणको महान यज्ञमा एकलव्य भएर लाग्नु पर्नेमा जोड दिए । ‘विवाद त्यागेर सकारात्मक सोचका साथ अघि बढौा असम्भव केही छैन तर प्रतिबद्धता अपरिहार्य छ’, महतले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us