किस्ट मेडिकल कलेजद्धारा विद्यार्थीमाथि ज्यादती

काठमाण्डु टुडे २०७१ असार ३० गते ११:५१ मा प्रकाशित

काठमाण्डु, असार ३० – विद्यार्थीको मागलाई बेवास्ता गर्दै किस्ट मेडिकल कलेजले उल्टै विद्यार्थीमाथि ज्यादती गरेको भन्दै सम्पूर्ण विद्यार्थीहरु आन्दोलित भएका छन् ।

kistविगत ११ दिनदेखि आफूहरु जायज माग राख्दै संघर्ष गर्दापनि कलेज प्रशासने उल्टै जालझेल र प्रपञ्च रच्दै विधार्थीहरुमाथि दुर्वव्यवहार, पठनपाठन ठप्प पार्ने, २४ घण्टाभित्र होस्टेल छाड्न उर्दी जारी गर्ने लगायतका निन्दनीय काम गरेको भन्दै तत्काल आफ्ना जायज मागको सम्बोधन नगरे किस्ट मेडिकल कलेजका सम्पूर्ण विद्यार्थीहरु सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

किस्ट मेडिकल कलेज स्टुडेन्टस सोसाइटीले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे आफूहरु जायज मागसहित शान्तिपुर्ण आन्दोलनमा उत्रिँदा कलेज प्रशाासनले आन्दोलन विथोल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेको भन्दै घोर भत्र्सना समेत गरेको छ ।

कार्यक्रममा बोल्दै संयोजक प्रशाङ् श्री न्यौपानेले आफूहरु जायज मागसहित शान्तीपुर्ण आन्दोलनमा उत्रिँदा कलेज प्रशासनले आफ्नो कमिकमाजोरीको ढाकछोप गर्न प्रहरी प्रशासन प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले कलेज प्रशासनले रातारात विद्यार्थीहरुलाई होस्टल छोड्न धम्की दिने, दुव्र्यवहार गर्ने गरेको भन्दै घोर भत्सर्ना समेत गरे ।

त्यस्तै विधार्थी तोसिमा कार्कीले कलेज प्रशासनले विधार्थीहरुलाई दुर्भव्यवहार गरेको भन्दै अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठ, प्रबन्ध निर्देशक आशिष थापा र इटन्रनल अडिटर केशव आचार्यले आफूहरु माथि ज्यादती दिएको भन्दै कारवाहीको माग गरेकी छिन् । उनले भनिन्– कलेज प्रशासनले विधार्थीको जायज माग नसुन्ने हो भने के का लागि खोलिएको हो ।

विधार्थीहरुले आफूहरु मेडिकल कलेज जस्तो ठाउँमा सेवा सुविधा नदिएको, उचित क्यान्टिनको व्यवस्था नभएको, पुस्ताकालयको व्यवस्था नभएको, होस्टेलको व्यवस्था नभएको भन्दै विभिन्न ९ बुँदे मागसहित आन्दोलनमा उत्रिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us