घुसवापतको रकमसहित कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७१ असार ३० गते ९:२५ मा प्रकाशित

चितवन, ३० असार – चितवन मध्यमाञ्चल सिंचाइँ विकास डिभिजन कार्यालयका कर्मचारी पक्राउ परेका छन् ।

akhtiyarअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको २ लाख २८ हजार रकमसहित ४ कर्मचारीलाई नियन्त्रणमा हो ।

पक्राउ पर्नेमा इन्जिनियरहरु रामभद्र पण्डित, मधु अधिकारी र चक्रपाणि लामिछाने तथा लेखा अधिकृत ऋषिभक्त तिमिल्सिना रहेका छन् ।

अख्तियार स्रोतका अनुसार थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us