हात्तीको कुल्चाइबाट एक वृद्धको मृत्यु

काठमाण्डु टुडे २०७१ असार २९ गते १०:०३ मा प्रकाशित

कलैया, २९ असार – बारा जिल्ला गढीमाई नगरपालिका–१६ ताजिया बस्ती बस्ने ६० वर्षीय फुलमान थिङको गएराति हात्तीको कुल्चाइबाट मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार शनिबार राति खाना खाई मकैबाली हेर्न खेतमा गएका व्यक्ति आज बिहानसम्म घर नआएपछि घरपरिवारले खोजतलास गरेको र मकै खेतमा उनी मृत अवस्थामा फेला परेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us