बर्हिगमित लडाकुको समस्या समाधान गर्ने रायमाझीको प्रतिबद्धता

काठमाण्डु टुडे २०७१ असार २८ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, २८ असार– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुअघि नै बर्हिगमित लडाकुको समस्या समाधान गर्ने प्रतिबद्धता top bahadur finalजनाएका छन् ।
राजधानीमा शानिबार आयोजित अन्र्तक्रियामा उनले बर्हिगमित लडाकुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको बताए । उनले सरकार र बहिर्गमित लडाकुबीच भएको सहमतिअनुसार ६० करोड रुपैयाँ निकाशा गर्न पहल गर्ने जनाए । उनले आफ्नो पार्टी सरकारमा छँदासमेत बर्हिगमित लडाकुका समस्या समाधान गर्न नसकिएको स्वीकार गरे
बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष लेनिन विष्टले आफूहरु लामो समयदेखि ठगिंदै आएको गुनासो गर्दै सम्वद्ध पक्षले अब पनि माग पूरा गर्न चासो नदेखाए आन्दोलनमा उत्रने चेतावनी दिए ।
कार्यक्रममा राजनीतिक विश्लेषक मुमाराम खनाल, डा. सुरेन्द्र केसी, ऋषि धमला लगायतले नेपालको शान्ति प्रक्रिया र परिवर्तनमा बर्हिगमित लडाकुले खेलेको भूमिकाको उच्च मूल्याङ्कन हुनुपर्ने भन्दै उनीहरुको माग पूरा गर्न सबै सरोकारवालाले चासो देखाउनुपर्ने बताए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us