खोटाङ, २८ असार– विद्युत् ट्रान्सफर्मर पड्कँदा खोटाङमा दुई जनाको ज्यान गएको छ । अरु दुईजना गम्भीर घाइते भएका छन् ।
बुइपा–१ बस्ने ४५ वर्षीया कालीमाया राई र ४९ वर्षीया पदमसरी राईको ज्यान गएको हो ।
यस्तै १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डु लाने क्रममा बाटैमा ज्यान गएको स्थानीय मीना राईले जानकारी दिइन् ।
उनका अनुसार गम्भीर घाइते निजाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । कृष्णलाई भने उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
शनिबार बिहान साढे बजेको समयमा घर छेउमा रहेको विद्युत् ट्रान्सफर्मर पड्कँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।