एमाओवादीद्वारा भ्रष्टाचार अन्त्य गर्न माग

काठमाण्डु टुडे २०७१ असार २८ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, २८ असार– एकीकृत माओवादीका नेताहरुले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचार अन्त्य गर्न माग गरेका छन् ।

himal sharmaपार्टीको काठमाण्डु जिल्ला कमिटीले शनिबार राजधानीमा गरेको अन्तक्र्रियामा उनीहरुले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा सभासद्लाई पाँच करोड दिन नहुने धारणा राखेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने भन्दै सभासद्ले पाँच करोड मागेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूर्ति गर्नुमात्र उद्देश्य रहेको भन्दै आपत्ति जनाए ।

काठमाण्डु जिल्ला अध्यक्ष हिमाल शर्माले पछिल्लोपटक मुलुकमा बढ्दै गएको भ्रष्टाचार, हत्या, हिंसा, अपहरण, बलात्कार र महङ्गीबारे सरकारले चासो नदेखाएको आरोप लगाए ।
नेत्री रेणु दाहालले हरेक दल र राज्यका सबै संरचनामा महिलाको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिइन् ।
पार्टीका सल्लाहकार सुनिल पौडेलले दलित, महिला, मधेसी र मुसलमानलगायत उत्पीडनमा पारिएका समुदायको पक्षमा संविधान निर्माण गर्न केन्द्रित हुन सबै दल र नेतालाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us